८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कैलाली र कञ्चनपुरमा दुई हजार ४०० घरपरिवालाई लालपूर्जा वितरण


प्रकाशित: शुक्रवार, ७ मंसिर २०७५, १८ः२० बजे
- महानगरखबर

काठमाडौ । कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका स्थानीयवासीलाई राष्ट्रिय आवास कम्पनीले लालपूर्जा वितरण गर्ने भएको छ । 


दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको आवास कम्पनीले जनाएको छ । 


राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार सय र कञ्चनपुरको दक्षिणी क्षेत्रमा बसोवास गर्दै आएका दुई हजार गरी दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको छ । 


कञ्चनपुरको त्रिभुवनबस्ती क्षेत्रमा ३४४, परासन क्षेत्रमा ५७०, वाइसेविचवामा २० बिगाहा गरी कूल ९३६ बिगाहा १८ धुर जग्गामा बसोवास गर्दै आएका घरपरिवारलाई पूर्जा वितरण गर्न आवश्यक तयारी अघि बढाइएको कम्पनीका अध्यक्ष चौधरीले जानकारी दिए ।

 
जग्गा उपलब्ध गराउँदा भोगकर्तालाई मालपोतको न्यूनतम शुल्क लिने, भूमिहीन, सुकुमवासी तथा विपन्न परिवारका सदस्यलाई मालपोत रजिष्ट्रेशन प्रयोजनका लागि कायम गरिएको न्यूनतम मूल्यमा २५ देखि ७५ प्रतिशतसम्म छूटको प्रावधान रहेको जनाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex