४ भाद्र २०८३, बिहिबार
Header

आजबाट सवारी लाईसेन्स आवदेन खुल्यो


प्रकाशित: शुत्रवार, ७ मंसिर २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौँ । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) आजदेखि खुला गरेको छ । 


दशै अघि बन्द गरिएको लाईसेन्स आवेदन यातायात व्यवस्था विभागले शुक्रावार बिहान १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ । 


काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भ‍¥याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत पनि अनलाइन आवेदन भर्न सकिने छ । 


चारवटै कार्यालयबाट, बाइक, स्कुटर र काररजीपका लागि आवेदन दिन सकिने विभागले जनाएको छ । 


आवदेकले अनलाइन आवेदनको लागि  विभागको वेबसाइटमा गएर आवेदन दिन सकिनेछ ।  यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ ।


अहिले करिब ६ लाखले ट्रायल परीक्षा पास गरेर पनि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex