४ भाद्र २०८३, बिहिबार
Header

वडा अध्यक्षविरुद्ध बलात्कारको आरोप


प्रकाशित: शुक्रवार, ७ मंसिर २०७५, १०ः१० बजे
- महानगरखबर

काठमाडौं । तनहुँ जिल्लाको शुक्लागण्डकी – ८ कि एक महिलाले वडा अध्यक्षविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गराएको छ । 


शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा ती महिलाले बलात्कारको जाहेरीमा वडा अध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको उल्लेख गरेको छ । 


विहिवार जाहेरी दर्ता गएपछि ती महिलाको हिजोनै स्वास्थ्य परीक्षण समेत इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए । 


निरिक्षक रेग्मीले वडा अध्यक्ष दोषी सावित भए कानुन अनुसार कार्वाही हुने बताएको छ ।


यता वडाध्यक्ष रेग्मीले भने आफूलाई फसाउन खोजिएको बताएको छ । अध्यक्ष रेग्मीले चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex