७ भाद्र २०८३, आइतबार
Header

बागबजार सिटिम्याक्समा ‘जाःमन गुभाजु’को च्यारिटी शो हुने


प्रकाशित: विहिवार, ६ मंसिर २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल भाषाको तान्त्रिक गुभाजुको जिवनको कथामा आधारित चलचित्र ‘जाःमन गुभाजु’को भोली (शनिवार) च्यारिटो शो हुने भएको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।


बागबजारस्थित सिटिम्याम्कस हलमा आयोजित पक्रकार सम्मेलनमा चलचित्रका निर्देशक रवि सायमीले सो जानकारी दिएको हो । 


पत्रकार सम्मेलनमा निर्देशक सायमीले सत्रौँ शताब्दीमा काठमाडौँका सिद्धहस्त जाःमन गुभाजुको जीवनीमा आधारित चलचित्र निर्माण गरिएको बताएको छ । 


तन्त्र र दर्शनका आत्मज्ञानी गुवाजुले राजा प्रताप मल्लको निकट रही तन्त्र साधनाका माध्यमबाट काठमाडौँ तथा वरपरको सुरक्षा तथा दिन दुःखीलाई सहयोग गरेको इतिहास उक्त चलचित्रका माध्यमबाट ल्याउन खोजिएको निर्देशक सायमीले जानकारी दिए । 


जेस्सि पेन्नी इन्टरनेट र वाइड बुल्स प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘जाःमन गुभाजु’ नामक चलचित्रको छायाङ्कन चितलाङमा गरिएको छ । 


गुवाजुको दैनिक कार्य तालिकामा प्रयोग हुने तन्त्र, मन्त्रलगायत साधनाका बारे पनि सो चलचित्रमार्फत जानकारी दिन खोजिएको छ । 


करीब दुई घण्टा समयावधिको उक्त चलचित्रमा गुवाजुले तान्त्रिक विद्यामार्फत समाजसेवामा पु¥याएको योगदानका साथै जप, तप, ध्यानका माध्यमबाट खराब तत्वमाथि प्राप्त गरेको सफलताका बारेमा देखाएको छ । 


हाल काठमाडौँ महानगरपालिका–१२ स्थित १२ वर्षे इनारमा पर्ने गुवाजुको घर तथा त्यस वरपर क्षेत्रका स्थानीयवासी बुढापाकाका अनुभवहरुलाई समेत सो फिल्ममा समेटिएको छ । 


करीब रु ५० लाखको लागतमा नेपाल भाषा (नेवारी)मा निर्माण गरिएको सो चलचित्रलाई नेपाली र अङ्ग्रेजी भाषामा समेत अनुवाद विदेशमा समेत प्रदर्शन गरिने छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex