काठमाडौं । दार्चुलामा आज विहान एक मिनिवस दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्थालेकमा बिहान दुर्घटना भएको हो ।
दुर्घट्नामा परि मृत्यु हुनेहरुमा भारतीय नागरिक ५५ वर्षीय अनील पाल रहेका छन भने अर्का एक पहिचान बाँकी रहेको जनाएको छ ।
दुर्घटनामा घाईतेहरु मध्ये तीमध्ये ४ को जिल्ला अस्पतालमा र बाँकी १५ को गोकुलेश्वर अस्पताल उपचार भइरहेको छ ।
बसमा कति यात्रु रहेको बारे यनिक हुन नसकेको प्रहरीले बताएको छ ।
बस दुर्घटना भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए ।
सडकबाट करिब ३ सय मिटर तल खसेको बस क्षतविक्षत छ ।
विहिवार मात्र डडेलधुरामा यसैगरी मेला हेरेर आएको स्कुल बस दुर्घट्ना हुँदा १८ जनाको मृत्यु भएको थियो भने सो दुर्घट्नामा परि २६ जना घाईते भएको छ ।
Categorized in समाज