काठमाडौं । डडेलधुरामा मेला हेरेर फर्केने क्रममा एक स्कुल बस दुर्घट्ना हुँदो बसमा सवार १६ जना यात्रुको मृत्यु भएको छ भने २५ जना घाईते भएको प्रहरीले जनाएको छ ।
उग्रतारा मेला हेरेर डडेलधुराबाट डोटी फर्केने क्रममा डोटिस्थित पसिजोन एकेडेमीको स्कुल बस डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ दुर्घट्ना भएको हो ।
स्कुल बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
उद्धार गरिएका घाइतेहरुको अहिले उपक्षेत्रीय अस्पताल डडेल्धुरमा उपचार भइरहेछ भने मृतकहरु अहिले सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
बस सडकबाट ३०० मिटर तल खोलामा खसेको छ । उद्धार कार्यमा तीन वटै सुरक्षा निकाय र स्थानीय बासिन्दा उद्धार कार्यमा खटेका छन् । बसमा यात्रुको संख्याको एकिन हुन सकेको छैन । दुर्घट्नको कारण अनुसन्धान पछि थाहा हुने बताइएको छ ।
Categorized in समाज