काठमाडौं । रामजानकी विवाह पञ्चमी अवसर पारेर ‘जयनगर– जनकपुर रेल’ उद्धघाटन उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट गराउन नहुने प्रमुख विपक्षी नेपाली कांग्रेसका उपसभापति विमेन्द्र केसीले सुझाव दिएको छ ।
आदित्यनाथले नेपालमा राजतन्त्र पुनर्वहाली गरी हिन्दु राज्य कायम गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएकोले रेल उद्घाटन गर्दा नराम्रो सन्देश जाने कांग्रेस उपसभापति निधिले बताए ।
मुख्यमन्त्री आदित्यनाथ मंसिर २६ मा रामजानकी विवाहपञ्चमीका लागि जन्ती बनेर नेपाल आउने भएको छ ।
उपसभापति निधिले मुख्यमन्त्री आदित्यनाथलाई कसले निम्तो पठाएको हो भन्ने पनि केन्द्र सरकारसँग जवाफ मागेका छन् ।
Categorized in राष्ट्रिय