१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राजधानीमा आजबाट भवन तथा निर्माण सामग्रीको बृहत प्रदर्शन हुँदै


प्रकाशित: विहिवार, ६ मंसिर २०७५, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । आजबाट राजधानीको भृकुटीमण्डपमा ‘विल्डङ एण्ड कन्स्ट्रक्शन एक्स्पो– २०७५’ सुरु हुँदैछ । 


सुरक्षित र दिगो आवास निर्माणका लागि प्राविधिक रूपान्तरणको मूख्य उद्देश्यसहित एक्स्पो आयोजना हुने भएको आयोजकले जनाएको छ । 


एक्सोबाट सर्वसाधारणले सुरक्षित घर निर्माणबारे जानकारी लिन सक्नेछ । 


युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्सको मूख्य आयोजना तथा विभिन्न चारवटा संस्थाहरू नेपाल इन्जिनियर्स एसोसिएशन, सोसाइटी अफ नेपलिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्टरल एन्ड इन्जिनीयरिङ फर्म र ब्रान्डवर्थ प्रालिको सह–आयोजनामा दोस्रो संस्करणको एक्स्पो हुन लागेको हो ।


४ दिने एक्स्पोमा निर्माण क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिहरू र निर्माण सामग्रीलाई प्रदर्शन गरिने एक्स्पोका सह–आयोजक कम्पनी ब्रान्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए । 


एक्स्पो अवधिमा प्रदर्शनीस्थल भृकुटीमण्डपमै सुरक्षित घर निर्माण र विभिन्न निर्माण सामग्रीका बारेमा सेमिनार पनि आयोजना गरिने छ । 


एक्स्पोमा ६० भन्दा बढी स्टल रहको छ ।  एक्स्पोमा ल्याण्ड एण्ड हाउजिङ, सिमेन्ट उत्पादक, पेन्ट्स, स्टील, इट्टा तथा मार्बल, इन्टेरियर डिजाइन, बैंक तथा वित्तीय संस्था, फर्निचर, विद्युतीय उपकरण, पाइप तथा फिटिङ्स कम्पनी सहभागी छन् । 
दुई लाखभन्दा बढीले एक्स्पो अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex