काठमाडौं । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा विहिवार १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट उक्त रकम बराबरको धनमाल चोरी भएको हो ।
यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ ।
ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन हिजो जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
Categorized in समाज