काठमाडौं । भक्तपुर नगरपालिका– ७ इनाचोकमा आफैले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घट्ना हुँदा एकको मृत्यु भएको छ ।
दुर्घट्नामा मृत्यु हुने ५३ वर्षीय आशाराम दुमरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुर–१ सिर्जनानगरबाट मध्यपुरथिमितर्फ जाँदै गरेको बा ६४ प ४६२ नंको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हँुदा स्कुटर चालक दुमरुको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
उनको उपचारको क्रममा भक्तपुरको इवामुरा अस्पतालमा उपचारका क्रममा दुमरुको मृत्यु भएको हो ।
Categorized in समाज