४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आगोमा जलेर ३ बर्षिय बालकको मृत्यु


प्रकाशित: बुधवार, ५ मंसिर २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । गएराती रोल्पा जिल्लाको रुन्टिगढ गाउपालिका वडा नंं ४ स्थित भिमबहादुर पुनको घरमा आगालागी हुँदा उनको ३ बर्षिय छोरा विशाल पुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हिजो बेलुका ६ बजेतिर पुनको फुसले छाएको एक तले कच्ची घरमा आगो लाग्दा घर भित्रै सुतिरहेका बालकको मृत्यु भएको हो । 


प्रहरी र स्थानीयको क्रियाशिलतामा आगो सात बजेतिर नियन्त्रणमा लिए पनि घरभित्र रहेको सबै नगद तथा जिन्सी सामान जलेर पूर्ण रुपमा नष्ट भएको छ । 


जलेर मृत्यु भएका बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex