काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा मंगलवार ग्यास पड्किएर आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट अधिकारीको काठले बनेको दुईतले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
किराना पसलमा रु ७० लाखभन्दा बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताए ।
आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उनको रु एक लाख बराबरको क्षति भएको छ ।
घरमा रहेको ग्यास सिलिण्डर पड्किँदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको अनुमान गरिएको छ ।
Categorized in समाज