५ भाद्र २०८३, शुक्रबार
Header

नेपालमा ह्याकरहरुको सम्मेलन हुँदै


प्रकाशित: मंगलवार, ४ मंसिर २०७५, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । साईवर सुरक्षाको विषयमा केन्द्रित भएर यही मंसिर ६ र ७ गते अन्तर्राराष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ हुने भएको छ । 


साईबर सुरक्षामा क्रियाशिल व्यक्ति तथा संस्थाको लागि यो सम्मेलन निकै उपयोगी सावित हुने छ । 


विश्वकै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालिन सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआइसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थ्रेट निक्सले आयोजना गरेको हो । 


पछिल्लो समय नेपालमा पनि सरकारी वेभसाईट, डोमन, फाईनान्सियल संस्थामा साईबर हमला हुने गरेको पाईको छ । 


आयोजकका अनुसार यस सम्मेलनले नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्था र त्यसलाई सुधार सहयोग पुराउने विश्वास लिएको छ । 


सम्मेलनमा साइबर सुरक्षामा विश्वव्यापी रुपमै चर्चित अभ्यासकर्ता, निर्माताको सहभागिता रहनेछ । सरकारी निकायलाई साईबर सुरक्षाको बारेमा जानकारी लिन यो उपयोगी साबित हुनेछ । 


सम्मेलनमा क्यान महासङ्घ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स लगायतका संस्थाको सहकार्य छ । 


त्यसैगरी, यस सम्मेलनको  आकर्षणको रुपमा लाइभ ह्याकिङ समेत रहनेछ । अमेरिका, रुस, रोमानिया, भारत, जर्मनी, दुबई लगायतका देशबाट विज्ञहरुको सहभागिता रहने सम्मेलनमा गुगल, क्यास्परस्की, बिटडिफेन्डरजस्ता संस्थाका प्रतिनिधिको सहभागिता र प्रस्तुती रहने छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex