काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट काठमाडौं गोंगबु बस्ने बाग्लुङ मिसिखोला गाउँपालिका-६ का ३२ वर्षीय प्रेम घर्तीको १ लाख ५० हजार रुपैयाँ आइतबार दिउसो ठगी भएको छ । प्रेमलाई अपरिचित ब्यक्तिले साउदीको पैसा साटिदिन्छु भनी प्रलोभनदेखाई रुमालको पोकोमा साउदीको पैसा छ भन्दै झुक्काएर नेपाली रुपैयाँ १ हजार ३ सय ५० रुपैयाँ दिई प्रेमको साथमा रहेको १ लाख ५० हजार ठगी गरी फरार भएको बताइएको छ ।
फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज