४ भाद्र २०८३, बिहिबार
Header

कालोपुलबाट २२० लिटर घरेलु मदिरा सहित २ जना पक्राउ


प्रकाशित: सोमबार, ३ मंसिर २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको कालोपुलमा सवारी चेकजाँचको क्रममा २२० लिटर घरेलु मदिरासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले सो परिमाणको मदिरासहित नुवाकोटका सुका तामाङ, र रामेछापका पेम्बा तामाङलाई पक्राउ गरेको हो । 


उनीहरुले मारूती भ्यानमा लुकाएर ल्याएको १५० लिटर र रामेछापका पेम्मा तामाङले स्कुटरमा बोकेको ७० लिटर घरेलु मदिरा सोमबार बरामद गरिएको हो । 


उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएर तामाङद्वयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex