काठमाडौं । काठमाडौं महानगरपाकिाले नगरवासीहरुलाई काठमाडौ सफा राख्न आग्रह गर्दै नगरवासीहरुको नाममा सार्वजनिक सुचना जारी गरेको छ ।
‘हाम्रो काठमाडौ सफा काठमाडौ, हाम्रो काठमाडौं राम्रो काठमाडौं’ स्लोगनसहित स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार महानगरले काठमाडौ महानगर सफा राख्न नगरवासीहरुको दायित्व, कर्तव्य भएको भन्दै विभन्नि बुँदाहरु उल्लेख गरी सुचना जारी गरेको हो ।
मंसिर १ गते जारी गरेको सो सुचना पसल, सडक, गल्ली, घर लगायत सार्वजनिक स्थलमा फोहरको व्यवस्थापन कसरी गर्ने भन्ने सुचना दिएको छ ।
Categorized in समाज