काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट प्रणाली लाद्न खोज्ने देशभरका यातायात व्यवासायी समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न आदेश दिएको छ ।
सण्डिकेट प्रणाली कायमै राख्न दबाब स्वरुप आज देशभरै यातायाता व्यवसायीहरुले चक्का जाम गरेपछि गृहमन्त्री थापाले सो आदेश दिएको हो ।
जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न आदेश दिएका छन् ।
गृहमन्त्रालय स्रोतका अनुसार अब समितिका पदााधिकारीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गर्ने भएको छ ।
ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ ।
सरकारले यातायात व्यवस्थापन कार्य्विधि निर्दे्शिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेपछि व्यवसायीहरु आन्दोलित बनेका हुन् ।
Categorized in राष्ट्रिय