काठमाडौं । प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित रामभोले मोटर ड्राइभिङ सेन्टरबाट बा.५३ प ६५७६ नम्बरको स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा एकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने सिन्धुलीका रबिन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
स्कुटर र २ थान मोबाइल चोरी भएको खबर प्राप्त हुनासाथ घटनामा संलग्नको खोजी गर्ने क्रममा मध्यपुर ठिमी नगरपालिका–४ स्थित चोकबाट थापालाई उक्त स्कुटर र मोबाइल सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज