काठमाडौं। नवलपरासी , ३० कात्तिकपाल्हीनन्दन गाउँपालिका-३ बेलासपुर डेरा गरी बस्ने सोही गाउँपालिका घर भएका २४ वर्षीय मेलु मुसलमानलाई लुकाई छिपाई राखेको पेस्तोल १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अबैध हतियार लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनको डेरा कोठा खानतलासी गर्दा सिरानी मुनि लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज