काठमाडौं । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा जिज्ञाशा राखेका छन् ।
विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई विहिवार प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरमा भइरहेका विकासका गतिविधिबारे जानकारी लिएका थिए ।
विराटनगर प्रदेश नं १ को अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले विराटनगरमा के हुँदैछ भनेर प्रमुखले बुझ्न खोजेको महानगरका प्रमुख पराजुलीले जानकारी बताए ।
प्रदेश प्रमुखले विराटनगरलाई नमूना शहर बनाउन सुझाव दिएको बताए ।
प्रमुख पराजुलीले विराटनगर महानगरभित्र भ्यू टावर निर्माण, विराट राजाको दरबारको प्रवद्र्धन, ४०० किमी सडक कालोपत्र गर्ने काम, वैकल्पिक मार्गको विस्तारजस्ता विकास निर्माण कार्य अघि बढेको प्रदेश प्रमुखलाई जानकारी दिए ।
Categorized in राष्ट्रिय