६ भाद्र २०८३, शनिबार
Header

जिप दुर्घट्नामा चालकको मृत्यु, २ जना घाईते


प्रकाशित: शुक्रवार, ३० कात्तिक २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगामा विहिवार जिप दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ भने जीपमा सवार २ जना घाईते भएके छ । 


प्रहरीका अनुसार दुर्घट्नामा परि मृत्यु हुनेमा चालक त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउँद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा घाइते भएका छन । 


घाईतेहरुको अछामको बयालपाटा अस्पालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 


जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा जिप दुर्घट्ना भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex