कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा विहिवार विहान ३ बजे बस पल्टिदा १६ जना घाईते भएको छन ।
घाईतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईते हुनेहरुमा दाङ सतवरिया – ८ कि २६ बर्षिया पुजा तामाङ, लमही – ९ की ३० बर्षिया कल्पना बुढामुगर, देउखुरीकी ४७ बर्षिया रामदुल्ली चौधरी र देउखुरी – ६ की ५० बर्षिया प्रदेसु चौधरी रहेका छन् । उनीहरुको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेको छ ।
अन्य १२ जना घाईतेहरुको कावासोतिस्थित गण्डकी मेडिकलमा उपचार भईरहेको नवलपरासी जिल्ला प्रहरी कार्यलय पूर्वका प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो ।
Categorized in समाज