काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानमा पसलका सटरहरु फुटाई चोरी गर्ने एकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका २९ वर्षीय सुदिप तामाङ भन्ने गंगाबहादुर मगर रहेका छन् ।
विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी भएका घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई सोमबार काठमाडौं महानगरपालिका–२५ मछिन्द्र बहालबाट फेला पारी पक्राउ गरेको सोही परिसरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज