४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको सानोभ¥याङमा कार र टयाक्सी ठोक्किदा एकको मृत्यु


प्रकाशित: बुधवार, २८ कात्तिक २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङमा कार र टयाक्सी एक आपसमा ठोक्किदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेल रहेकी छिन । 


गए राति बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भिर घाईते हुँदा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधवार मृत्यु भएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ ।

ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex