४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

हिमपात हुने संभावना, काठमाडौं आज चिसो 


प्रकाशित: बुधवार, २८ कात्तिक २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी भेगमा आंशिकदेखि सामन्य बदली हुने संभावना भएको छ । 


महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ ।


दिउँसो देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रहने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातको समयमा पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । 
पश्चिमी पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । 


बिहीबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 


बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ । बुधवार उपत्यकामा बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ तथा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ । ताप्लेजुङ र जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex