४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ठमेल क्षेत्रका रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालवालिकाको उद्दार


प्रकाशित: बुधवार, २८ कात्तिक २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौँ । ठमेल क्षेत्रका विभन्नि रेष्टुरेन्ट तथा डान्सबारट प्रहरीले ३५ जना बालवालिकाको उद्दार गरेको छ । 


महानगरीय प्रहरी वृत्त लैनचौरले उनीहरुको उद्दार गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिए ।


महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । 


हाल उनीहरुलाई मनोपरामर्श दिई अभिभावको जिम्मा दिएको प्रहरीले जनाएको छ । 


वृत्तले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई पक्राउ गरेको छ । उनीहरुलाई बालवालिका ऐन – २०७५ अनुसार कार्वाही गरिने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex