काठमाडौँ । सेवाग्राहीसँग ५ लाख घुस लिएको अरोपमा उच्च सरकारी वकील कार्यालय, कास्कीका सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सो मुद्दामा थापाविरुद्ध ठगी गरेको आरोप लागाएको छ ।
थापाले एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिदिने प्रलोभन देखाइ सहन्यायाधिवक्ता थापा रु पाँच लाख घुस लिएको आरोपमा पक्राउ परेका थिए ।
आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
Categorized in समाज