काठमाडौं । नेपाल खड्गी सेवा समिति बौद्धजोरपाटी शाखाको १६औं बार्षिकोत्सव तथा ५औं अधिवेशन भव्यताको साथ बिहिबार सम्पन्न भएको छ ।
गोकर्णस्थित सहिद पार्कमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अथिति काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राईले खड्गी समाजले आफ्ना सामाजका गरेका हरेक कार्य सराहनीय र महत्वपुर्ण रहेको बताउनुभयो ।
प्रमुख अतिथी राईले समाजले उठाएको मुद्दा र समाजको पेसाको हक, हितको लागि सधै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमका विशेष अतिथी काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गीले खड्गी समाजको पेसासँग जोडिएको मासु व्यवसाय, बधशाला निर्माण लगायतका बिषयमा चर्चा गर्नु भएको थियो ।
नेपाल खड्गी सेवा समितिका केन्द्रिय उपाध्यक्ष तथा बौद्धजोरपाटी शाखाका सल्लाहाकार रामकृष्ण खड्गीले खड्गी सेवा समितिको महत्व र आवश्यक्ताको बारेमा बताउनका साथै शाखाले आगामी दिनमा सामाजको बृहत्तरहितको लागि सोच्नु पर्ने वताउनुभयो ।
कार्यक्रमका सभापति तथा शाखाका अध्यक्ष देवनारायण खड्गीले आफ्नो पछिल्लो ३ बर्षको यस कार्यकालमा भएको महत्वपूर्ण कार्यहरुबारे बताउनु भएको थियो ।
उहाँले सामाजको उथ्थानको लागि खड्गी महिला, युवा, बुद्धिजीवीहरुको विशेष सहयोगको आवश्यक रहेको वताउनुभयो ।
सो कार्यक्रममा बुंगमति शाखाका अध्यक्ष सिद्धीबहादुर खड्गी, नगदेश शाखाबाट महिला अध्यक्ष, बौद्धजोरपाटी शाखाका महिला अध्यक्ष मिना शाही, खड्गी युवा तथा विद्यार्थी संगठनका बौद्धजोरपाटी शाखाका अध्यक्ष रिकेश खड्गी, बौद्धजोरपाटी शाखाका पुर्व अध्यक्ष धनकृष्ण खड्गी लगायतको उपस्थिती रहेको थियो ।
सो बार्षिकोत्सव तथा अधिवेशनका संयोजक शाखाका सचिव सुरेन्द्र खड्गीेले बार्षिक प्रतिवेदन पढेका थिए ।
सो कार्यक्रममा ५ औ अधिवेशनले शाखाको लागि नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिका अध्यक्ष न्हूच्छेराम खड्गी, उपाध्यक्ष सुरेन्द्र खड्गी, सचिव रिकेश शाही, कोषाध्यक्ष पृथ्वीनारायण शाही र सदस्यहरुमा दिल कुमार शाही, कान्छा शाही, कृष्णप्रसाद शाही चयन भएका छन् ।
Categorized in राष्ट्रिय