१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नक्कली सुनलाई सक्कली हो भनी ठगी गर्ने ६ जना पक्राउ


प्रकाशित: सोमबार, २६ कात्तिक २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नक्कली सुनलाई सक्कली सुन हो भनी प्रलोभनमा पारी १ किलोग्राम नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका धापासी च्यासीडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ का २५ वर्षीय पवन वि.क., काठमाडौं पेप्सीकोला–३५ बस्ने धनुषा जनकपुर नगरपालिका–९ का ३५ वर्षीय मनिष ढुङगाना, काठमाडौं काडाँघारी बस्ने सर्लाही हरिवन–९ का २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार, काठमाडौं म्हैपी बस्ने सर्लाही लालबन्दी नगरपालिका–१९ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, काठमाडौं बौद्ध बस्ने धनकुटा राजारानी गाउँपालिका–६ का २५ वर्षीया सलिना शेर्पा भन्ने संगिता राई र काठमाडौं बौद्ध वेशीगाउँ बस्ने पर्सा विरुवागुठी–१ का २९ वर्षीय सन्तोष कुमार लामा रहेका छन । 


गत कात्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 


पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex