४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगर प्रमुख र उपप्रमुख चीन प्रस्थान, वडा १ का अध्यक्ष श्रेष्ठ कार्यवाहक प्रमुख


प्रकाशित: सोमबार, २६ कात्तिक २०७५, १७ः३० बजे
- महानगरखबर

काठमाडौँ । चीनको ल्हासा नगरको निमन्त्रणमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सोमबार चीन प्रस्थान गरेका छन । 


युहान शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा भाग लिन प्रमुख÷उपप्रमुख गएका हुन । 


चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप एशोसिएसन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपल्स गभर्मेन्टले उक्त सम्मेलन आयोजना गरेका हुन । 


सो सम्मेलनमा ‘विकासका अवसर र साझा जीतका लागि सहयोग बाँडफाँट’ विषयमा केन्द्रित हुने जनाएको छ । 


आधुनिक र वातावरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो । 


काठमाडौं महानगरलाई ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिप सिटी अफ टिबेट अटोनोमस अवार्ड’ का लागि मनोनयनसमेत गरेको छ ।


भ्रमण अवधिभर कामपा वडा नं १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यबहाक प्रमुखको जिम्मेवारी दिएको छ । 


प्रमुख÷उपप्रमुख सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्कने कार्यक्रम छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex