४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रुपेन्देहीमा बोक्सीको आरोप लगाउने वडा सचिव पक्राउ


प्रकाशित: सोमबार, २६ कात्तिक २०७५, ११ः०६ बजे
- महानगरखबर

काठमाडौं । रुपेन्देहीको तिलोत्तमा नगरपालिका ५ का वडा सचिव टिकाराम आचार्य एक महिलालाई बोक्सीको आरोप लगाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेको छ । 


स्थानीय डम्बरकुमारी न्यौपानेले वडा सचिव आचार्य र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको उजुरी दिएपपछि प्रहरीले 


सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । 


यही कात्तिक २१ गते लक्ष्मीपूजाको दिन वडासचिव आचार्यले न्यौपानेलाई घरमा बोलाएर आफ्नी छोरीलाई के भयो भनेर सोध्दा छोरी प्रतिज्ञाले आफूलाई बोक्सिनी आई भन्दै ढोग्न लगाई आमा छोरीले कुटपिट गर्दा बाबु टीकाराम मुकदर्शक भई हेरेको प्रहरीमा पीडितले जाहेरी गरेको छ । 


यता वडासचिव आचार्यले भने घटनामा संलग्नता नहुँदा नहुँदै फसाउने उद्देश्यले उजुरी दिन लगाइएको दाबी गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex