७ भाद्र २०८३, आइतबार
Header

माछापुच्छ्रे बैंकमा ५ हजार बचत गरे आकर्षक सुविधाहरुको प्याकेज


प्रकाशित: बिहिबार, २० बैशाख २०७५, २०ः०९ बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौ । माछापुच्छ्रे बैंकको खातामा न्युनतम ५००० रुपैयाँ जम्मा गरे आकर्षक सुविधाहरुको प्याकेज दिने भएको छ ।

बैंकले ‘एमबीएल स्मार्ट बचत खाता’ संचालन मार्फत सुविधाहरु प्रदान गर्ने भएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 
बैंकले यस खातामा ६ प्रतिशत ब्याज उपलब्ध गराउने छ ।


त्यसैगरी खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क ईन्टरनेट बैकिङ, एमबीएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा निःशुल्क उपलब्ध गराउने भएको छ ।

 
बैंकले लकर सुबिधा ५० प्रतिशत छुटमा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेको छ ।

 
साथै खातालाई थप आर्कषक बनाउन बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधा अन्तर्गत ग्राहकले पाँच लाखसम्मको दुर्घटना बिमा, १ लाख सम्मको अस्पताल भर्ना खर्च र ५ हजार सम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex