काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि सबै राष्ट्रिय चाड–पर्व तथा दिवशहरुमा नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
बैंकले समावेशिताको नियम लागु गर्ने भएकोले हिन्दू नेपालीको ठूलो पर्व दशैंका बेला ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएकोमा अब अन्य जातजाति तथा भाषाभाषीहरूले मनाउने पर्वमासमेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार नववर्ष, उभौली पर्व÷वुद्धजयन्ती, गाईजात्रा, गौरा पर्व, हरितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्वरयोमरी पुन्ही–ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फागु पूर्णिमा, घोडेजात्रा, ईद आदि राष्ट्रिय चाड–पर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट साट्न सकिनेछ ।
नयाँ नोट काठमाडौंको थापाथली स्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयहरूबाट समेत नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
Categorized in बैंक