काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा हाल प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितमाथि सोही मी टु अभियानअन्तर्गत रश्मिला प्रजापतिले लगाएको अारोप र सोका अाधारमा प्रकाशित समाचार समेत झूठो र भ्रमपूर्ण भन्दै काठमाडौं महानगरपालिकाले अाज एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीद्वारा प्रकाशित उक्त विज्ञप्तिमा भनिएको छ, "यस कार्यालयका पूर्व प्रमुख तथा हाल प्रदेश नं. ३ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितका सम्बन्धमा यस कार्यालयसँग जोडी भ्रमपूर्ण व्यहोरा उल्लेखित भएको हुँदा सो झुठा, कपोलकल्पित समाचारको यो विज्ञप्तिमार्फत खण्डन गरिएको छ ।
यस कार्यालय अन्तर्गतको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा कार्यरत तत्कालीन शाखा अधिकृत रश्मिला प्रजापतिले अनियििमतता गरेको र कर्मचारीलाई अभद्र व्यवहार गरेको भनी वि.सं. २०६० श्रावण १ गतेबाट यस कार्यालय अन्तर्गतका सम्पूर्ण कर्मचारी सम्बद्ध युनियनहरुको नेतृत्वमा हडताल गरी ४ दिनसम्म कामकाज थप्प भएको थियो । नेपाल सरकार र तत्काली स्थानीय विकास मन्त्रालयका पदाधिकारी, कर्मचारी र यस कार्यालय बीच त्रिपक्षीय वार्ता भई मिति २०६० श्रावण ३ गते भएको सहमति अनुसार कार्यालयहरु पुनः सुचारु भएको थियो ।
सहमतिको शर्तहरुमा निज शाखा अधिकृत रश्मिला प्रजापतिलाई तत्कालै कामपाको अतिरिक्त समूहमा सरुवा गरी निजबाट भए गरेका अनियमितताका सम्बन्धमा एक टोली गठन गरी छानबिन गर्ने र सोअनुसार कारवाही गर्ने उल्लेखित थियो । सोही क्रममा अस्थायी सेवामा कार्यरत निजलाई प्रशासनिक प्रक्रियाद्वारा सेवाबाट हटाइएको हो । आन्दोलनको बखत पूर्व प्रमुख केशव स्थापित यस कार्यालयको प्रमुख पदमा नरहेको व्यहोरा पनि सबैको जानकारीका लागि अनुरोध छ । "

Categorized in समाज