४ भाद्र २०८३, बिहिबार
Header

भूकक्मपीडित टहरामा आगलागीमा परि २ जनाको मृत्यु


प्रकाशित: शुक्रवार, ९ असोज २०७५, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकास्थित गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्ररहीले जनाएको छ । 


प्रहरीका अनुसार एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन ।


गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो ।


आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिए ।


आगलागीका कारण उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन । 


 बिहान करिब २ बजे लागेको आगो साँढे ४ मा प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । वृद्धा डालकी अँगेना नजिकै सुत्ने गरेकाले उनले ओढेको कपडामा सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex