४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काभ्रेबाट १४ बर्षीय किशोर बेपत्ता


प्रकाशित: शनिवार, ३ कात्तिक २०७५, ११ः०३ बजे
- महानगरखबर

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ तीनपिप्लेबाट एक १४ बर्षीय शुक्रवारबाट एक बर्षीय किशारे बेपत्ता भएको छ । 


पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन । सम्राट बिहान ढङ्ुगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए ।


स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहनुभएका मैनालीले बताए अनुसार बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।


जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex