काठमाडौं । बर्दिवासस्थित नगरपालिकाको नेकपा पार्टी (एमाले) कार्यलयमा गएराती अज्ञात समूहले आगजानी गरेको छ ।
बर्दिबास–९, पशुपतिनगरमा रहेको नेकपा (एमाले) को वडा पार्टी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो ।
अज्ञात समूले पेट्रोल छर्केर आगजनी गरेको ईलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको छ ।
स्थानीय सुरजसिंह कुशवाहाको घरमा रहेको सो पार्टी कार्यालयमा आगजनीले एक भाग जलेर नष्ट भएको छ भने ज ४ प नम्बरको स्कुटरको अगाडीको भाग जलेको प्रहरीले जनाएको छ ।
आगजनीमा करिब ५० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।
Categorized in समाज