२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बर्षमा एकचोटी दर्शन गर्न पाईने तलेजुमा विहानदेखि दर्शानार्थीको घुइँचो


प्रकाशित: विहिवार, १ कात्तिक २०७५, ११ः०६ बजे
- महानगरखबर

काठमाडौँ । बर्षको एकचोटी दशैँको नवमीको दिन खुल्ने हनुमानढोका दरवार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा विहानैदेखि दर्शानार्थीहरुको घुइँचो लागेको छ । 


तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । 


आज बिहान ३ बजेदेखि नै मन्दिरमा घुइँचो लागेको काठमाडौँ तलेजु भवानी मन्दिरका मूल नाइके शशीविक्रमध्वज जोशीले बताए । 


नाईके जोशीका अनुसार आज दिनभर खुला रहने मन्दिरमा करीब एक लाख भक्तजनले दर्शन गर्ने अपेक्षा छ । तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुने एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । 


हनुमानढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी छन भने काठमाडौँमा कर्माचार्य र जोशी मात्र छन । 


नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि काठमाडौँ उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex