१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नवलपरासीबाट भन्सार छलि ल्याएको समानसहित ट्रक नियन्त्रणमा


प्रकाशित: बुधवार, ३१ असोज २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । भन्सार छली अवैध रुपमा ल्याएको १५ लाख ३४ हजार ३०० मुल्य बराबरको सामानसहितको ट्रक नवलपरासीको बर्दघाट नगरपालिकाको त्रिवेणी चोकबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । 


सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले बुधवार भन्सार छलेर नेपाल भित्रयाएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको हो । 


पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतीय सीमानाका झुलेनीपुल क्षेत्रबाट चितवन लैजाँदै गर्दा उक्त सामान नियन्त्रणमा आएकोे नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताए । 


भारतीय बजारबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको १४४ पिस कुर्ता सुरुवाल, ९० पिस सारी, २९३ मिटर पर्दाको कपडा नवलपरासीको बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट ट्रकसहित नियन्त्रणमा लिएको हो । 


पछिल्लो समय नवलपरासी क्षेत्रबाट सुरक्षा निकायकै मिलोमतोमा तस्करी मौलाउँदै गरेको सूचना पाएपछि नम्बर ३८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक खातीको नेतृत्वमा खटेको टोलीले ट्रकसहित अवैध कपडा नियन्त्रणमा लिएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex