३१ श्रावण २०८३, आइतबार
Header

‘मि टु’ अभियानको दवावमा भारतीय विदेश राज्यमन्त्रीद्धारा राजीनामा


प्रकाशित: बुधवार, ३१ असोज २०७५, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । भारतमा तिव्र रुपमा फैलिएको ‘मि टु’ को अयिभानको दवाव खेप्न नसकेर भारतीय विदेश राज्यमन्त्री मोबशर जावेद  (एमजे) अकबरले राजीनामा दिएका छन् । 


राज्यमन्त्री अकबरमाथि १५ भन्दा बढी महिलाले ‘मि टु’ अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन । 


राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै आफूले अदालतबाट न्याय लिने भन्दै पद त्याग गरेको घोषणा गरेका छन् । 


वरिष्ठ पत्रकार प्रिया रमानीले राज्यमन्त्री अकबरमाथि ‘मि टु’ को अरोप लगाएको छ । 


राज्यमन्त्री अकबर पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादकमध्ये एक रहेको बेला कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिट्विट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको बताएकी हुन ।


त्यसपछि थुप्रै महिलाले आरोप लगाएपछि  प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो ।


राज्यमन्त्री अकबरले आफूमाथि लागेको आरोप झुटा भएको दाबी गरेका छन् ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex