१२ भाद्र २०८३, शुक्रबार
Header

उपत्यकाबाट २२ लाख बाहिरिए


प्रकाशित: बुधवार, ३१ असोज २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौँ । दशैँ मनाउन उपत्यकाबाट मंगलवारसम्म २२ लाख मानिस बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएको हो । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ ।


उपत्यकाबाट धेरै दुरीमा रहेकाहरु गईसकेका छने भने काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण बुधवार पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए । 
दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने महाशाखाले जानकारी दिए । 


काठमाडौँबाट मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex