काठमाडौं । बलिउडमा सर्वाधिक चर्चामा रहेको ‘ठग्स अफ हिन्दुस्तान’ एक गीत मंगलवार रिलिज भएको छ ।
‘वसमल्ले’ बोलको गीत रिलिज भएको छ । ग्रुप डान्सगीत अमिताभ बच्चन, आमिर खान लगायतका कलाकारले नृत्य गरेको देखाईएको छ ।
एक मिनेट १० सेकेण्ड मात्र देखाएको सो गीत कुनै जीतको अवसरमा गाएको जस्तो देखिएको छ ।
गीतमा अमिताभ र आमिरको डान्स हेर्न लायक छ ।
यही ८ नोभेम्बरमा रिलिज हुने यस फिल्मको बलिउडमा व्यापक चर्चा भईरहेको छ भने अहिलेसम्मको सबै रेकर्ड तोड्ने समेत अनुमान गरिएको छ ।
यसराज व्यानमारमा बनेको यस चलचित्रमा ब्रिटिश शासनको बेलामा कसरी हिन्दुस्तानी ठगहरुले अग्रेजहरुको होस उडाई दिएको थियो
भन्ने वास्तविक कथामा आधारित चलचित्र हो ।
बलिउडमा धुम ३ जस्तो सफल चलचित्र दिने बिजयकृष्ण आचार्यको निर्देशनमा बनेको यस चलचित्रले बलिउडमा तहल्का मच्चाउने चर्चा चलिरहेको छ ।
Categorized in मनोरन्जन