काठमाडौं । नेपाल प्रहरीले सर्वसाधरणलाई यात्राको लागि सहज सुविधा दिन दशैँको तिन दिन बस सेवा दिने भएको छ ।
प्रहरीले दशैँको अष्टमी, नवमी र दशमीका दिन निःशुल्क बस चलाउने जनाएको छ ।
बस संचालनकालागि उपत्यकाभित्रका ३ वटा रुट छुट्याएको छ ।
जस अनुसार एउटा रुट कलंकीदेखि एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्क सम्म चल्नेछ । रत्नपार्कदेखि त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा गर्नेछ ।
यसैगरी दोस्रो रुटमा कोटेश्वरदेखि शहिदगेट हुँदै महाराजगंजको नारायणगोपाल चोक, गौशाला, मैतीदेवी परिक्रमा गर्नेछ ।
तेस्रो रुट नयाँ बसपार्कदेखि चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे ,नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ ।
रुटको नक्सा यस्तो छः

Categorized in समाज