काठमाडौं । प्रहरीले राजधानीबाट १० दिनको अवधिमा करिब एकसय १८ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोली लगायले चोरी गर्दै गर्दा, चोरी गरेर भाग्दै गर्दा र लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले जनकारी दिए ।
एसएसपी लामाका अनुसार पछिल्लो समय सिभिल प्रहरीको सक्रियता चोरी गर्नेहरु पक्राउ गरेको हो । चोरी गरिरहेको अवस्थामानै पक्राउ प्रहरीले रंगहात पक्राउ गर्ने गरेको छ ।
राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बस पार्कलगायत क्षेत्रमा चोरी तथा पाकेटमारहरु सक्रिय रहेको एसएसपी लामाले बताए ।
आर्थिक कारोबार धेरै हुने र भिडभाड बढी हुने क्षेत्रमा पकेटमार चोरहरुको विगविगी हुने गरेको छ ।
एसएपी लामाले धेरै भिड भएको ठाँउ र सार्वजनिक सवारीमा यात्रा गर्दा सजग भएर यात्रा गर्न आग्रह गरेको छ ।
परिसरको टोलीले दिनको समयमा मात्र सयको हाराहारीमा सिभिल प्रहरी परिचालन गरेको छ । त्यस्तै रातिको समयमा १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको परिसरका एसएसपी लामाले जानकारी दिए् ।
काठमाडौंमा ३ सयदेखि ५ सयजना पकेटमार रहेको प्रहरीको भनाई छ ।
Categorized in समाज