काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –७ मा मंगलवार विहान मोटरसाईकल दुर्घट्ना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ भने मोटरसाईकल पछाडी बस्ने गम्भीर घाईते भएको छ ।
बिहान ७ः३० बजे उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई दुवैजना पुलबाट दश मिटर तल खोलामा खसेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष ४० का दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल पछाडि बस्ने सोही स्थानका वर्ष ४५ का कुलबहादुर थापा घाइते भएका हुन ।
घाइते थापालाई अहिले उदयपुर जिल्ला अस्पतालमा ल्याएर प्राथमिक उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज