४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सांसद फुयाँलको छोरीको जन्मदिनको संकलित रकम विद्यार्थीलाई छात्रबृत्ति


प्रकाशित: आईतबार, २८ असोज २०७५, ११ः१५ बजे 
- महानगरखबर

काठमाडौँ । प्रदेश ३ का सांसद रमेश फुयाँलले आफ्नी छोरी युना फुँयालको जन्मदिनको अवसरमा २ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । 


 सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०/१० हजार छात्रवृत्ति प्रदान गरेको हो । 


यसैगरी निवन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई समेत जन्मदिनको अवसरमा सङ्कलित भएको रकम प्रदान गरिएको छ । कागेश्वरी मनोहरा वडा नं १, २ र ३ का चार सामुदायिक विद्यालयबीचको प्रतियोगितामा सहभागी दुई विद्यार्थीलाई नगद रु पाँच हजारका दरले पुरस्कृत गरिएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex