५ भाद्र २०८३, शुक्रबार
Header

गुर्जा हिमालको हिम पहिरोमा परि मृत्यु भएका ९ जनाको शव फेला


प्रकाशित: आईतबार, २८ असोज २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । गुर्जा हिमालको हिम पहिरोमा परि मृत्यु भएका ९ जनाको शव आज( आईतबार) भेटिएको छ । 


म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शब चार दिनपछि आईतबार भेटिएको हो । 


हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए । 


प्रहरीका अनुसार एक जनाको बेनी र अन्य आठ शव काठमाडाँै पठाउने तयारी गरिएको छ । हिम पहिरोमा मृत्यु हुनेहरुमा दक्षिण कोरियाका ५ र नेपाली ४ जना रहेका छन । 


मृत्यु हुनेहरुमा धवलागिरि गाउँपालिका–१ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, सङ्खुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, सङ्खुवासभाकै भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बू घर बताउने फुर्वा भोटेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 


त्यसैगरी दक्षिण कोरियाका कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ । 


टे«किङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू असोज २४ गते रातिको हिमआँधीमा परेका थिए । 


आधार शिविर पुगेको टोली सम्पर्कबिहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दा आधार शिविरतर्फ गएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex