३० जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काष्ठमण्डप पुनःनिर्माण समितिलाई महानगरद्धारा थप ५ करोड प्रदान


प्रकाशित: शनिवार, २७ असोज २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काष्ठमण्डप पुनः निर्माण समितिलाई काठमाडौं महानगरपलिकाले थप ५ करोड प्रदान गरेको छ । 


हनुमानढोका दरवार संरक्षण कार्यक्रमले शनिवार आयोजना गरेको एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेशकाजी शाक्यलाई ५ करोडको चेक हस्तान्तरण गरेको हो । 


यस अघि महानगरले गत जेठ २९ गते ५० लाख रुपियाँ उपलव्ध गराएको थियो । महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपको पुरानै स्वरुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य शाक्य नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएको थियो । 


मयेर शाक्यले काष्ठमण्डप पुनः निर्माणको महानगरलेनै गर्ने बताउँदै आएको छ । काष्ठमण्डप पुनः निर्माणका लागि १८ करोड अनुमानित लागत रहेको मेयर शाक्यले जनकारी दिए । 


काष्ठमण्डपको पुनः निमार्णको प्रारम्भिक कार्य सुरु भईसकेको जनाएको छ । पुननिर्माण समितिले आउँदो असार मसान्तभित्र भौतिक जग देखिने कार्ययोजना सुनाएको मेयर शाक्यले बताए । 


महानगरपालिकाको वडा नं.२० मा रहेको ऐतिहासिक पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरुपमा क्षति थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex