१३ भाद्र २०८३, शनिबार
Header

कांग्रेस नेता वास्तोलाको निधन, ४ बजेपछि अन्त्येष्टि गरिने


प्रकाशित: आईतबार, २८ असोज २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । विगत ६ बर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको गएराती निधन भएको छ । 


बास्तोलाको ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले बताएको छ । 


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता बाँस्तोलाको निधन भएको पुष्टि गरेका छन् । 


बास्तोलाको अवस्था शनिबार थप बिग्रिए पछि बाँसबारीस्थित न्यूरो अस्पताल लगिएपनि  थप उपचार सम्भव नभए पछि पुनः निवासमै ल्याएको पारिवारिक स्रोतले जनाएको छ ।


उनका एक श्रीमती र दुई छोरी गरिमा र सुम्निमा देश बाहिर रहेकोका आज मात्र आइपुग्ने र अन्तिम संस्कारमा सहभागी हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।


काँग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बास्तोला दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला ।  उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए ।

 

बाँस्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


मुख्यसचिव पौडेलका अनुसार, बास्तोलाको शव अपरान्ह १ः३०–४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex