३१ श्रावण २०८३, आइतबार
Header

भारतको उडिसामा आएको चक्रवातमा परि २१ जनाको मृत्यु


प्रकाशित: शनिवार, २७ असोज २०७५, १९ः१५ बजे
- महानगरखबर

काठमाडौं । भारतको उडिसा राज्यमा गत बिहीबारदेखि शुरु भएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहले जनाएको छ । 


अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

 
उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला अध्याधिक प्रभावित भएको छ । 


चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सवै भन्दा धेरै प्रभावित भएको बताइएको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन् । 


गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जना मध्ये १५ जनाको मृत्यु भएको बताइएको छ । शिविरमै रहेका मध्ये अरु चार जना हराइरहेका छन ।    


त्यसैगरी नायागार्हमा दुई जनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।     
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex